Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुम्बईको वोकहर्ट अस्पतालका ३ जना डाक्टर र २६ जना नर्समा कोरोना संक्रमण पुष्टि

अहिले कोरोना भाइरसले विश्वलाईनै आतंकित बनाइरहेको रहेको अवस्थामा छिमेकी देश भारतको मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र ३ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ ।

यसबारेमा अनुसन्धानको लागि निर्देशन पनि दिइसकिएको छ ।उक्त अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको हो।

अस्पतालमा भर्ना भएका एक संक्रमितबाट नर्समा र नर्सबाट अरु कर्मचारीमा संक्रमण फैलिएको हुन सक्ने आशङ्का गरिएको छ ।

अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने समाचार संस्था एएनआईले जनाएको छ ।

संक्रमण पुष्टि भएका नर्स र डाक्टरलाई अधेरीको एउटा अस्पतालमा उपचारको लागि लगिएको छ । अहिलेसम्म २ सय ५० जनाको कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरिएको छ ।

भारत मध्य प्रदेशको राजधानी भोपालमा पूरै लकडाउन लागु भएको छ । शहरको सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

औषधि पसल, दूध र ग्यास पाइने निकाय मात्र खुल्न दिइएको छ । स्थानीय प्रशासनले तरकारी र किराना पसल पनि बन्द गराएको छ ।

केन्द्र सरकारको निर्देशन विपरीत अत्याश्यक सामान पाइने पसल पनि बन्द गरिएको खबरमा उल्लेख छ । भोपालमा सोमबार एकैदिन १४ जनामा कोरोना पुष्टि भएपछि लकडाउनको घोषणासँगै कडा प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्