Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै जनप्रतिनिधिको तलबमा कटौती गर्दै २ वर्षसम्म सांसद कोष स्थगित गर्ने भारत सरकारको निर्णय

भारतको केन्द्रीय सरकारले कोरोना संकटबीच निकै ठूलो निर्णय गरेको छ। भारत सरकारले सबै सांसदको तलबमा एक बर्षसम्म्का लागी 30 प्रतिशत कटौती गरेको छ ।

यसको साथसाथै सांसदको कोष २ बर्षको लागि स्थगित गर्ने घोषणा गरिएको छ। मन्त्रिपरिषद्को बैठकपछि केन्द्रीय मन्त्री प्रकाश जावडेकरले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका छन् ।

उनले भनेका छन् कि सबै सांसदको कम तलब लिने अनुमोदन भएको छ। राष्ट्रपति, उप राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सबै सांसदले ३०% कम तलब लिने छन्।

यता समाजिक संजालमा नेपालमा पनि यस्तै निर्णय गर्नुपर्ने माग उठ्न थालेको छ । राजपाका युवा संगठनका अध्यक्ष रंजितकुमार सिंहले समाजिक संजाल फेसबुकमा भारत सरकारले गरेको निर्णय लेख्दै यस्तै नेपालमा पनि गर्नुपर्ने माग गरेका छन् ।

यस्ता छन् भारतको मन्त्रीपरिषदले गरेको मुख्य निर्णयहरु :

– सबै सासंदले प्राप्त गर्ने तलवको ३०% एकबर्षसम्म कटौति गर्ने ।

– सासंद बिकाश कोषमा सिधै जाने १०/१० करोड रकम २ बर्षको लागि स्थगित गरेर ऊक्त रकम रोक्ने ।

– रास्ट्रपति ,उपराष्ट्रपति, राज्यपाल, ऊपराज्यपाल सबैको तलवमा कटौति गर्ने ।

– दिल्लिमा प्रतिदिन एकहजार टेस्ट गर्ने ( १ लाख टेस्ट बुकिंग भैसकेको )

– दिल्ली सरकारले कोरोनाबाट ज्यान गुमाऊनेको परिवारलाइ राहात स्वरुप १ करोड रुपया क्षतिपूर्ति दिने

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्