Logo
१५ चैत्र २०८०, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यूएईमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ११ पुग्यो

अहिलेको बर्तमान सममा कोरोना भाइरसले माहामारीरुपलिइ विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा यूएईमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या ११ पुगेको छ ।

यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ जना नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो ।

आइतबार सम्ममा ४ महिला सहित ११ जना नेपालीमा कोरोना संक्रमण भेटिएको दूतावासकी प्रवक्ता एवं उपनियोग प्रमुख रीता धितालले जानकारी दिएकी छन् ।

११ जना नेपालीमध्ये २ जना यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन । बाँकी ९ जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

२ जनाको सफल उपचार भएको छ, अरुको पनि निःशुल्क उपचार भैरहेको छ भनि यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने ।

राजदूत ढकालले यूएईको स्वास्थ्य उपचार पद्धति राम्रो भएको र संक्रमित सबै युवा उमेर समूहका भएकाले सबैको सफल उपचार हुनेमा विश्वाश व्यक्त गरेका छन् ।

राजदूत ढकालले नेपाल तथा यूएई सरकारसँग नियमित सम्पर्क भैरहेको र दूतावासले नेपालीहरुकोबारेमा जानकारी लिइरहेको पनि बताए ।

यूएईमा कोरोनाबाट अहिलेसम्म १७ सय ९९ जना संक्रमित भएका छन् । यसमध्ये १ सय ४४ जना निको भैसकेका छन भने १० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्