Logo
७ बैशाख २०८१, शुक्रबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ दिन लकडाउनको अवधी थप : प्रधानमन्त्रले देशवासीका नाममा सम्बोधन गर्ने

देशभर जारी लकडाउनको अवधि एक साता थप गरिएको छ । मन्त्रिपरिषदको बैठकले लकडाउन ८ दिन थप गरेेको हो । अब बैशाख ३ गतेसम्म लकडाउन हुने छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र भावी योजनाबारे जानकारी दिन देशवासीको नाममा फेरि सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार प्रधानमन्त्रीले देसवासीका नाममा सम्बोधन गर्ने जानकारी दिए ।

मन्त्रिपरिषद बैठक समापन भएपछि प्रधानमन्त्री ओलीले आज सोमबार नै देशवासीको नाममा सम्बोधन गर्ने भनिएको थियो। तर भोलि मंगलबार मात्र उनले सम्बोधन गर्ने थापाले बताए ।

आजको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि एक साता थप गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक साता लकडाउन थप्नेगरि सिफारिश गरेको छ ।

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

यसैबीच सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्