Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको कारण घर फर्कन नपाएका पर्यटकको भिषा अवधी थपिने

अहिले कोरोनाको जोखिम रोेकथाम तथा नियन्त्रणको लागि देशै भरि लकडाउन लगाएको अवस्थामा नेपाल भ्रमणमा आएर लकडाउनका कारण घर फर्कन नपाएका पर्यटकको भिषा अवधी बढाउने भएको छ ।

सरकारले नेपाल भ्रमण गर्न भिसा प्राप्त गरेका विदेशी पर्यटकको कोरोना संक्रमणका कारण भिसा अवधि सकिएमा लकडाउन बराबरको अवधिकै भिसाअवधि बढाउने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै अब लकडाउन शुरु हुने दिनसम्म भिसा मान्य भएको पर्यटकले निशूल्क रुपमा भिसा अवधि बढाउन सक्ने भएको छ । उसले त्यसवापत कुनै जरिवाना तिर्नुपर्ने छैन ।

सरकारले भिसा प्राप्त गरिसके पनि लकडाउनका कारण भ्रमणमा आउन नपाएका वा नेपालमै रोकिएका पर्यटकको भिषा अवधि थप भएको हो ।

यसअघि कतिपय पर्यटकलाई विमानस्थलमा अध्यागमनले जरिवाना लिएर घर पठाएको थियो । तर अब नेपाल पर्यटन बोर्डका निर्देशक लिला बाँनियाका अनुसार लकडाउन शुरु भएको दिनसम्म मान्य भिसा भएका पर्यटकलाई जरिवान नलिने निर्णय भएको छ ।

तर, लकडाउन अगाडि नै भिसा सकिएपछि पनि नविकरण नगरेका वा अटेर गरी बसेका पर्यटकलाई भने जरिवाना लाग्ने छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २० चैतको निर्णय अनुसार पर्यटकलाई भिसा सुविधा थप गर्ने निर्णय गरेको थियो ।

पर्यटकहरुले नेपाल आएर पनि निर्धारित योजनाअनुसार घुम्न पाएका छैनन् । अर्कोतर्फ अझै पनि केही पर्यटक नेपालमै रहेका छन् । तर, आवतजावत बन्द भएपछि उनीहरुले घुम्न त पाएका छैनन्, स्वदेश फर्कन समेत सक्दैनन् ।

नेपालमा ११ चैतबाट शुरु भएको लकडाउनपछि पर्यटकको आवतजावत ठप्प भएको छ । यसअवधिमा नेपाल आइसकेका करीव ३ हजार हाराहारी पर्यटक सम्बन्धित मुलुकले फिर्ता लगिसकेका छन् ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्