Logo
८ बैशाख २०८१, शनिबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोरोना रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर र पञ्जा लगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले पिपिइ सेट ११० थान पठाएका छन् । प्रयाप्त पिपिइको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् ।

यस्तै पञ्जा एक हजार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थान रोल्पा पठाइएको छ । ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले जानकारी दिए ।

रोल्पाका १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री सङ्कलन गरिएको हो ।

जिल्लाबाट सङ्घीय संसद्मा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपत्का समयमा मतदातासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन्  ।

यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएको ४० थान पिपिइ, चार हजार थान मास्क र १० थान ज्वरो नाप्ने थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसकेका छन् ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्