Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा भाडामा बस्नेले सरकारी राहत नपाएको भन्दै बिवाद

सुनसरीको दुहबी नगरपालिकाले नगरबासीलाइ मात्र राहत बाढ्ने भएपछि बिवाद सुरु भएको छ । दुहबी वडा नम्बर ८ मा भाडामा बस्ने ५०० परिवार हरुलाई सरकारि राहत नबाढेपछि बिवादले उग्ररुप लिएपछि राहत वितरण रोकिएको छ। सोहि वडामा २० बर्स देखि भाडामा बस्दै आएकि कोपिला खडका अनुसार दुहबी नगर पालिकाले भाडामा बस्ने हरुले सरकारि राहत नपाउने निर्णय गरेर आफुहरु माथि अन्याय गरेको गुनासो गरिन। उनका अनुसार आफुहरुको कती दिन देखि चुलो समेत नबलेको र आफू लगायत छोराछोरी भोकभोकै बस्नु परेको दुखेसो पोखिन।

अर्का भाडामा बस्ने देबेन्द्र बिक भन्छन दुहबी नगर पालिकाले बाहिरको नागरिक हो भन्दै बिभेद गरेको भन्दै गुनासो पोखे । उनका अनुसार नगरले हामि लाई राहत नदिए केही दुख छैन तर हामि भाडामा बस्ने नागरिकहरुलाई हाम्रो घर सम्म पुराउने बातावरण मिलाई दिन समेत माग गरेका छन । राहतको बिषयमा दुहबी ८ का वडा अध्यक्ष तारिकचन्द सरदार संंग बुझदा दुहबी नगरपालिका बाटनै भाडामा बस्ने नागरिक लाई राहत नपाउने निर्णय भएकोमा आफु बाध्य भएर दिन नसकेको बताए। राहत वितरणमा विभेद गरेको भन्दै विवाद सुरु भएपछि राह्त वितरण रोकिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन न दिन सरकारले लकडाउन लम्ब्याए पछि दुहबी नगरपालिकाले १ करोडको राहतको घोषणा गरेको थियो । उता दुहबी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले वडाअध्यक्षहरुको सिफारिसमा भाडामा बस्ने असंगठित मजदुरहरुले पनि राहत पाउने बताए ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्