Logo
७ बैशाख २०८१, शुक्रबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकको गभर्नरको लागि ३ जनाको नाम सिफारिस

अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले नेपाल राष्ट्र बैंकको गभर्नरको लागि तीन जनाको नाम सिफारिस  गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्व सचिव राजन खनाललाई सिफारिस गरेको हो ।

समितिमा अर्थमन्त्री युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरी बाँस्कोटा रहेका छन् । आजै बस्ने मन्त्रीपरिषद्को बैठकले गभर्नरको नाम टुंगो लगाउने छ ।

गएको चैत पाँच गते डा.चिरञ्जिवी नेपालले अवकाश पाएपछि राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकायम गभर्नरको जिम्मेवारी सम्हाल्दै आए्का छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्तामणि शिवाकोटीलाई गभर्नर बनाउने सोच बनाएका छन् ।यो विषयमा प्रधानमन्त्रीले पार्टीका केही नेतालाई समेत जानकारी दिएका स्रोतले बतायो ।

तर अर्थमन्त्री युवराज खतिवडाले महाप्रसाद अधिकारीलाई गभर्नर बनाउन जोड गरेका छन् ।

 

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्