Logo
८ बैशाख २०८१, शनिबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकालाई एलेभेन एरोज क्लबको १ लाख १ हजार सहयोग

सुनसरीको दुहबी नगरपालिकालाई दुहबी स्थित एलेभेन एरोज क्लबले १ लाख १ हजार सहयोग सहयोग गरेको छ ।
कोरोना भाइरसको माहामारी बढेको भन्दै दुहबी नगरपालिकाको राहत कोषमा एलेभेन एरोज क्लबले सो सहयोग गरेको हो । क्लबका अध्यक्ष दिपक राइले आज सो रकम बराबरको चेक दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारलाई हस्तान्तरण गरेका हुन।

क्लबका अध्यक्ष राइले सामाजिक दायित्व कायम राख्ने उदेश्यले सहयोग गरेको जनाएका छन् । मेयर गच्छदारले चेक लिनु हुँदै एस्तो बेलामा ठूलो सहयोग भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । चेक हस्तान्तरण गर्दा एलेभेन एरोज क्लबका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । दुहबी नगरपालिकाको राहत कोषमा अहिलेसम्म दुहबीका २ उद्योग एसियन थाइ फुडले २ लाख र अरिहन्त मल्टीफाइबर्सले १ लाख सहयोग गरेको छ भने दुहबी जेसिजले ४० बोरा चामल र श्री सरस्वती माबिको २०४५ सालको एस एल सि ब्याचले १६ बोरा चामल सहयोग गरेको छ । दुहबीमा सयौं उद्योग र दर्जनौं संघ संस्था भएपनि अन्यले भने कुनै सहयोग गरेको
छैन ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्