Logo
६ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक अमेरिकाकाे न्युयोर्क चिडियाखानाको बाघमा देखियो कोरोना संक्रमण

कोरोना भाइरस अहिलेको अवस्थामा विश्वमाहामारी फैलिरहेको छ । सो अवस्थामा कोरोना भाइरस संक्रमण पहिलोपल्ट जनावरमा समेत देखिएको छ ।

अमेरिकी शहर न्युयोर्कको ब्रोन्स चिडियाखानामा रहेको ४ वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जनावर पोथी बाघ भएको छ । अधिकारीहरुले चिडियाघरका कर्मचारीबाटै पोथी बाघमा सङ्क्रमण भएको हुन सक्ने बताएका छन् ।

चिडियाखानामा रहेको पोथी बाघमा कोरोना भाइरस ‘पोजेटिभ’ देखिएको अयोवामा रहेको नेशनल भेटेरेनरी सर्भिसेज ल्याबोरेटोरीले पुष्टि गरेको छ ।

सङ्क्रमित पोथी बाघ नादिया, अर्को पोथी बाघ अजुल, अमुर प्रजातिको दुई वटा बाघ र तीन अफ्रिकी सिंहमा सुख्खा खोकी देखिएको र अहिले तिनीहरु सामान्य अवस्थामा फर्किएको बताइएको छ ।

सङ्क्रमित पोथी बाघको आहर घटेको भए पनि पशु स्वास्थ्यकर्मीको हेरचाहका कारण सुधार भइरहेको अधिकारीहरुले बताएका छन् ।

ब्रोन्स चिडियाघरमा रहेका अरु बाघ, हिउँ चितुवा, चितुवा लगायतका जनावारमा बिरामीको कुनै लक्षण देखिएको छैन ।

ब्रोन्स सहित ४ ओटै चिडियाखाना न्युयोर्कमा रहेको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सञ्चालन गर्दै आएको छ । जुन गएको मार्च १६ देखि सर्वसाधरणको लागि बन्द गरिएको छ ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्