Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा ४ जना नेपाली कोरोना संक्रमण, थप सावधानी अपनाउन राजदूतावासको अनुरोध

अहिले विश्वलाई नै कोरोना भाइरसले आक्रान्त बनाइरहेको बेलामा खाडी मुलुक अन्तरगत रहेको साउदी अरबमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस कोरोनाको संक्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि संक्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

साउदी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ८५ पुगेको छ । पछिल्लो ४८ घण्टामा ३ सय ४० भन्दा धेरैमा संक्रमण देखिएको छ । राजधानी रियादमा मात्र आइतबार ६६ जनामा संक्रमण देखिएको बताइएको छ ।

साउदी मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४ सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप ५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

 

साउदीमा कतिपय नेपालीहरुले कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको भन्दै टेलिफोन एवं पोस्टमसर्फत गुनासो गरेका छन् ।

आफू कार्यरत कम्पनीमा उपलब्ध सङ्क्रमणसम्बन्धी सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचेक्र्याइँ नगर्न भनिएको छ ।

धेरै कम्पनीहरुले अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएका छन् ।

सावधानी र सचेतनाका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजनासम्म पुर्याएर एक अर्कालाई मद्दत गर्न आह्वान गरिएको छ ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्