Logo
१२ बैशाख २०८१, बुधबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको अह्वानमा विश्व कल्याणका लागि एकता प्रदर्शन गर्दै नेपालमा पनि दिपावली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अह्वानमा आज (आइतबार) कोरोनाविरुद्ध एकता प्रदर्शन गर्दै नेपालमा पनि घर-घरमा दिपावली मनाईएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको राष्ट्रिय संकटका बेला बिजुली अफ गरेर एकता प्रदर्शन गर्दै दियो, मैनबती, टर्च लाईट आदि लाइट बालेर एकता प्रदर्शन गर्न अह्वान गरेका थिए ।

दिपावलीको महत्व :

बिजुली अफ गरेर दियो, मैनबती, टर्च आदि बाल्नु अन्धविश्वास होइन, एकताको प्रदर्शन हो ।

– लकडाउनमा सबैको अवस्था एउटै छ भन्नू हो ।
– जुनसुकै समस्यामा पनि एकजुटता कायम राख्नु हो ।
– जुनसुकै समस्यासँग जुध्न राष्ट्रिय एकताको प्रदर्शनी हो ।
– राष्ट्रिय दुखमा सबैको मनोबल बढाउनु हो ।

यसअघी नेपालमा पनि समाज कल्याणका लागि आज (आइतबार) साँझ सबै नेपालीलाई घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरिएको थियो ।

हिन्दु धर्म तथा मान्यताअनुसार आज विशेष योग रहेको र आजको साँझ दीप प्रज्वलन गर्दा निकै शुभ हुने भएकाले सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको थियोे ।

ज्योतिष शास्त्री वासुदेव कृष्ण शास्त्रीले संसारभर फैलिएको कोरोना भाइरसको महामारीका बीच विश्व कल्याण र शान्तिको कामनासहित दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरेका थिए ।

उनले आजको रात दीप बालेर प्राथना गर्दा विभिन्न तनावबाट छुटकारा मिल्नुका साथै मानिसमा सकारात्मक उत्साह बढ्ने दाबी बताएका थिए ।

ज्योतिषी कृष्ण शास्त्री, प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कँडेल र हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय कार्यवाह (महामन्त्री) मुरली निरौलाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरेका हुन् ।

आज (आइतबार) को दिन सिद्धिकारक योग (दुर्लभ समय) परेकोले यस क्षणमा दीप प्रज्ज्वलन गरि विश्व कल्याण र शान्तिको काममा गर्न सबैमा अपिल गरिएको हो । ज्योतिष शास्त्र अनुसार, आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ ।

यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । रात्री ९ बजेको समयमा तुला लग्नको उदय भएको छ । यतिबेला राहु नवौं भावमा भएको छ । एकसाथ दियो (दीप) बालेमा ब्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ । जसको विश्वमा सकारात्मक प्रभाव पर्नेछ ।

त्यस्तै सामाजिक सञ्जालमा चैत २३ गते साँझ पशुपतिबाट ज्योतिषले दियो बाल्न आग्रह गरेको भन्दै धनगढी लगायतका क्षेत्रमा दिपावली गरेको हो।

धनगढी उपमहानगरपालिका-२ की तुल्सी शाहले कोरोना भगाउन विश्वसमा घरमा दिपावली मनाएको बताइन्। ‘सामाजिक सञ्जालमा पशुपति क्षेत्रबाट ज्योतिषले अहिले साँझ दियो बालेर अन्धकार भएको विश्वलाई उज्यालोमा तर्फ लिन आग्रह गरेका छन्’, उनले भनिन्।

हिन्दुधर्म हरेक कुरामा विश्वस हुने भएकाले घरको दैलो र कौसीमा दियो बालेको धनगढीकै हरिश भट्टले बताए।

कोरोनाको त्रासले नेपाललगायत विश्व पूर्ण रुपमा अहिले प्रभावित छ। नेपालमा सबै भन्दा बढी प्रभावित सुदूरपश्चिम प्रदेश छ।

प्रदेशको कैलाली ३ र कञ्चनपुरमा १ गरी ४ जनामा कोरोनोको संक्रमण भएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयले जानकारी दिएको छ। विभिन्न क्षेत्रका व्यक्तिले सुदूरपश्चिम जोखिममा रहेको बताएका छन्।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्