Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीका ५ हजार घरधुरीलाई आजदेखी बाड्न थालियो राहत

सुनसरीको दुहबी नगरपालिकाभित्र दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने तथा गरिबीको रेखामुनि रहेका विपन्न वर्गका परिवारलाई खाद्यान्न सामाग्री वितरण सुरु गरेको छ ।

कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढदो जोखिमबाट जोगिन जारी गरिएको लकडाउनमा असंगठित दैनिक ज्यालादारी गर्ने मजदुर र बिपन्न परिवारहरुकालागी नगरपालिकाले खाद्यान्न वितरण गरेको हो । नगरपालिकाले पहिलो चरणमा वडा नं. १ देखि वडा नं. १२ का ५ हजार घरपरिवारलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत संकलन अनुसार पहिलो चरणमा दुहबीका कुल ५ हजार घरपरिवारले खाधान्न पाउने दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले बताउनुभयो ।
उहाँले प्रत्येक घरपरिवारलाई २० किलो चामल, २ किलो दाल,१ लिटर तेल, स्वाबिन र नुन राहत वितरण गर्न सुरु गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्