Logo
१२ बैशाख २०८१, बुधबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईं विदेशबाट आएकालाई भेट्नु भएको छ भने घरमै बस्नुस् : स्वास्थ्य मन्त्रालय

सरकारले तीन हप्ताअघि विदेशबाट फर्किएका र कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएकाहरूलाई भए दुई हप्ता घरमै बस्न अनुरोध गरेको छ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले आइतबार सूचना जारी गर्दै यस्ता व्यक्तिहरूले परिवारका अन्य सदस्यहरूसँग पनि दूरी कायम राख्न सुझाव दिएको छ।

‘गएको तीन हप्ताभित्र यदि तपाईं विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनुभएको छ वा कोरोना भाइरस लागेका व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने अबको दुई हप्तासम्म घरमै बसिदिन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भए स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि सरकारले अनुरोध गरेको छ। पछिल्लो समय खाडी, युरोप र भारतबाट आएका नेपालीहरूमा कोरोनाको संक्रमण देखिन थालेको छ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्