Logo
१३ बैशाख २०८१, बिहीबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरा विदेशमा रहेका बेला बुहारीको हत्या गरी शव जलाउँदै गरेका पर्साका पण्डित परिवार पक्राउ

बुहारीको हत्या गरेको अभियोगमा सासूससूरा र कान्छी बुहारी पक्राउ परेका छन्।

प्रदेश २ स्थित पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी रहेका छन् ।

पक्राउ परेका तीनैजनाले बुहारी उर्मिलाको हत्या गरि घाटमा लगेर दाहसंस्कार गरिरहेको अवस्थामा शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

आधा भाग जलिसकेको अवस्थामा मृतकको शव पनि नियन्त्रणमा लिएको सिंहले बताए । मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा नियन्त्रणमा लिइएको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्