Logo
११ बैशाख २०८१, मंगलबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ बाट ‘लकडाउन’ तोड्ने २१ सय सवारी साधन प्रहरी नियन्त्रणमा

लकडाउनमा प्रदेश २ बाट अहिलेसम्म ट्राफिक प्रहरीको कार्यालय पथलैयाले झण्डै दुुई हजार सवारी साधन नियन्त्रणमा लिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड-१९) बाट जोगिन सरकारले घोषणा गरेको लकडाउन संगै गत ११ गतेदेखि आइतबार बिहान १० बजे सम्म कुल १ हजार ९ सय ९८ सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रदेश २ का ट्राफिक प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार नियन्त्रणमा लिएका सवारी मध्ये सबभन्दा बढी १ हजार ५ सय ८७ मोटरसाइकल रहेको बताए ।

सो मध्ये १ हजार ९२ सवारीसाधन कारवाही गरीएको ३ सय २६ नियन्त्रणमा र २ सय ३१ सवारी साधन नियन्त्रणमा रहेको एसपी महतोले जानकारी दिए ।

लकडाउन सुुरुभए विभिन्न सवारीसाधनलाई गरिएको कारवाहीबाट कुल ६लाख ६४ हजार राजश्व संकलन भएको प्रदेश टफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत ११ गते यता पथलैयास्थित हेल्पडेस्क राखेर ९ हजार ५सय ७२ जना सवारी चालकलाई कारोना भाइरस बारे जानकारी दिइएको छ ।

सोही अवधिमा बिभिन्न जिल्ला प्रशासनको सहकार्यमा ३४२ सवारीसाधन बाट आएका १४ हजार ७ सय ६जना यात्रुुलाई उनीहरुको घरसम्म सेल्फ क्वारेन्टाईनमा पुर्याइएको छ ।

१२ सवारीसाधनमा आएका ५सयख११ यात्रुुलाई सर्लाही र रौतहट स्थित बिभिन्न क्वारेनटाईनमा पुरयाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्