Logo
११ बैशाख २०८१, मंगलबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना प्रभाव : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अनिश्चितकालका लागि स्थगित

अहिले बर्तमान समयमा सरकाले कोरोना भाइसको जोखिम रोकथाम तथा नियन्त्रणको लागि देशभरी लकडाउन लगाइरहेको छ । सो अवस्थामा आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सर्कुलरमा भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ

स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्