Logo
१२ बैशाख २०८१, बुधबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाबाट ७७ जनाको मृत्यु, ३३ सयभन्दा बढी सङ्क्रमित

बर्तमान समयमा कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा छिमेकी देश भारतमा कोरोना भाइरसबाट मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या  लगातार बढिरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ हजार ३ सय ७४ पुगेको छ भने अहिलेसम्म ७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म २ सय ६६ जना निको भएको अधिकारीहरुले बताएका छन् । भारतमा आइतबार ३ जनाको मृत्यु भएको छ ।

कोरोना कारण विश्वभर १२ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् भने ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यस्तै २ लाख ४६ हजार ६ सयभन्दा बढी निको भएका छन् ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्