Logo
१२ बैशाख २०८१, बुधबार
(April 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक पालिकाबाट अर्को पालिका, जिल्ला र प्रदेश आवत-जावत गर्न पुर्ण प्रतिबन्ध गर्ने सरकारको निर्णय

संघीय सरकारले एक पालिकाबाट अर्को पालिका, जिल्ला र प्रदेश जातावत गर्न पुर्णरूपमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।

शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय लिएको छैन । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

प्रकाशित मिति: Apr 4, 2020

प्रतिक्रिया दिनुहोस्