Logo
१३ बैशाख २०८१, बिहीबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको संकटबीच कुशवाहा किसानद्वारा ट्र्याकटरबाट निशुल्क तरकारी वितरण

देशभर रहेको लकडाउनको संकटबीच एक कुशवाहा किसानले समाजमा निशुल्क तरकारी वितरण गरिरहेका छन् ।

प्रदेश २ स्थित सिरहा जिल्लाको लहान नगरपालिका २४ का निवासी कमननरायण महतोले विहिबार लहान बजारमा २० क्विनटल तरकारी निशुल्क वितरण गरेका हुन्।

उनले लहान बजारको गरिब विपन्न तथा वितरण गर्न ठाउँमा आउने जोकोहीलाई निशुल्क रुपमा तरकारी वितरण गरेका हुन् ।

आफनै खेतमा उब्जाएको करिब २० क्विन्टल तरकारी टयाक्टरमा लोड गरी ल्याएर बजारभरी ठाउँ-ठाउँमा वितरण गरिएको लहान नपा ६ स्थित ओशो जेनरल स्टोरका प्रोपराइटर युवा व्यवसायी ओमप्रकाश साहले जानकारी दिए।

कोरोना भाइरसबाट बच्न सरकारले लामो समयदेखि लकडाउन गरेकोबेला गरिब विपन्न सर्वसाधारणलाई ताजा तरकारी खरिद गर्न समस्या भएकोले यस्तो विपतको समयमा आफनो तर्फबाट हुन सक्ने सहयोग गर्नपर्छ भन्ने उदेश्यको साथ निशुल्क रुपमा आफुले उब्जाएको तरकारी वितरण गरी सहयोग गरेको किसान महतोले बताए ।

 

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्