Logo
१३ बैशाख २०८१, बिहीबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणको सातौं केस : पोखरामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि टेकु पठाईयो

भारतबाट फर्किएका गण्डकी प्रदेश स्थित कास्कीमा एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो ।

जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ ।

कोराना संक्रमण पोजेटिभ देखिएका व्यक्तिसहित ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा.बुद्धि थापाले जानकारी दिए । पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्