Logo
४ बैशाख २०८१, मंगलबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महामारीविरुद्ध एकीकृत हुन थरुहट/थारुवान समितिको आह्वान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस ( कोभिड–१९ ) संक्रमणविरुद्ध एकीकृत एवम गोलबन्द हुन सबैलाई आह्वान गरेको छ ।

समितिका संयोजक एवम थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले विज्ञप्ती जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिरहेको संक्रमणका कारण नेपाल लकडाउनमा रहेको भन्दै सरकार, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, संक्रमित परिवार, नागरिक समाज, समाज सेवी, किसान, शिक्षक, विद्यार्थी, उद्योगि, व्यवसायी, राजनीतिक दलका नेता, कार्यकर्ता र बिभिन्न संघ संस्था संकटको घडीमा एकीकृत हुनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा नेकपा नेतृत्वको बर्तमान सरकार यस महामारीविरुद्ध विश्व स्वास्थ्य संगठनको मूल्य मान्यता र मापदण्ड अनुसार जवाफदेही र कर्तव्यबोध भइ क्रियाशिल हुने अपेक्षासमेत गरिएको छ ।

यस्तै, देशमा दैनिक उपभोग्य बस्तुको अभाव चर्किन थालेकाले त्यसप्रति गम्भीरभइ कोभिड १९ को परीक्षण छिटो भन्दा छिटो बढी गराउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

समितिले संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले जारी गरेको सचेतना, आधार र मापदण्डहरु पालना गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्