Logo
७ बैशाख २०८१, शुक्रबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का लागि जनकपुरमै ल्याब तयार, दैनिक १० ओटा कोरोना केस परिक्षण हुने

प्रदेश २ स्थित जनकपुरमै कोरोना भाईरस (COVID-19 )को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको उक्त ल्याबको निरीक्षण प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले आज बिहान गर्नुभएको थियो ।

निरीक्षण लगतै उक्त ल्याब संचालनमा आएको हो । उक्त ल्याबको निरीक्षण गर्नुहुदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस (COVID-19 ) को परिक्षण सुरु गर्ने घोषणा गरे ।

उनले भने ”उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडी बढिसकेकोले छिटै नै उक्त सेन्टरहरु पनि संचालनमा आउने छ ।

पत्रकारहरुसंग कुरा गर्दै मन्त्री साहले कोरोना भाईरस बिरुद्धको लडाईमा संलग्न सवास्थ्यकर्मिहरुले उच्च मनोबलका साथ् लाग्न अनुरोध गरे ।

उनले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १००%, प्राविधिकको हकमा ७५%,र अन्य कर्मचारी हकमा ५०% भता बढाईएको पनि जानकारी दिए । परिक्षण शुरु भएको उक्त ल्याबले दैनिक १० वटा केशको परिक्षण गर्नेछ ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्