Logo
४ बैशाख २०८१, मंगलबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलले इन्टरनेट शुल्क २५ प्रतिशतले घटायो, पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस

एनसेलले आज बिहीबार ( चैत्र २०) बाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ ।एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० पैसा प्रति एमबीमा झारेको हो । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनससमेत दिँदै आएको छ । जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ ।

ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डेटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नकालागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो रु १० खर्च गरेपछि, प्रत्येक थप रु १० डेटामा खर्च गरे वापत २०/२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबी सहित कुल २३६ एमबी डेटा पाउनेछन् ।

ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।कम्पनीका अनुसार पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्