Logo
४ बैशाख २०८१, मंगलबार
(April 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतमा १ जना नेपाली कोरोना सङ्क्रमण, उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

कोरोना भाइरस यति बेला विश्वमाहामारी भइरहेको अवस्थामा कुवेतमा पनि १ जना नेपालीमा कारोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले मार्च ३१ मा थपिएका २८ जना नयाँ कोरोना सङ्क्रमितमध्ये १ जना नेपाली नागरिक पनि रहेको जनाएको हो ।

अहिलेसम्म कुवेतमा ३१७ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ८० जना निको भएर घर फर्किसकेका छन् ।सङ्क्रमितको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

कुवेतमा सङ्क्रमण बढ्दै गएको र नेपाली नागरिक पनि सङ्क्रमित भएपछि त्यहाँ रहेको नेपाली दूतावसले सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई सरसफाईमा विशेष ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, भिडभाडमा नजान आग्रह गरेको छ ।

यस्तै सामाजिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक अन्य प्रयोजनको लागि घरबाट ननिस्कन र आफू सङ्क्रमित भएको आशंका लागेमा नजिकको अस्पतालमा गएर सम्पर्क राख्न अनुरोध गरेको छ ।

यस्तै कोरोना भाइरससम्बन्धी थप जानकारीको लागि कुवेतको स्वास्थ्य मन्त्रालयको सम्पर्क नम्बर २४९७०९६७ मा सम्पर्क गर्न सकिनेछ ।

यस्तै थप जानकारीको लागि नेपाली दूतावास कुवेतको सम्पर्क नम्बर २५३२१६०३ र २५३२१६०४ मा सम्पर्क गर्न सकिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 2, 2020

प्रतिक्रिया दिनुहोस्