Logo
१५ चैत्र २०८०, बिहीबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्ली धार्मिकसभामा सहभागी भएकाहरु कोहि सप्तरीका, कोही रौतहट, कोहि सुनसरीका

भारतभर कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको दिल्ली स्थिति निजामुदिन मुस्लिम धार्मिकसभामा सहभागी थप अझै नेपालीहरु भारतमै रहेको खुलेको छ ।

नेपाल आईपुगेका मध्ये अधिकांशको परिचय खुलिसकेको छ भने धेरैलाई क्वारेन्टाइनमा राखी सकिएको छ ।

मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो ।

१ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।

त्यो धार्मिक सभामा सहभागीहरुको खोजीका क्रममा नेपालबाट पनि २० जना सहभागी भएको खुलेको छ । सुरुमा यो संख्या १९ बताइएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरि ओडारीले धार्मिक सभामा सहभागी नेपालीहरुबारे बुझ्ने काम भइरहेको बताए ।

अधिकांश रौतहटका
उक्त मुस्लिम धार्मिक सभामा सहभागी नेपालीमध्ये अधिकांश प्रदेश २ स्थित रौतहट जिल्लाका छन् । प्राप्त सूचीअनुसार १६ जना रौतहट र ४ जना निजगढ र तथा केही जीतपुर बाराका नेपाली उक्त धार्मिक सभामा सहभागी भएको खुलेको छ ।

८ जना सप्तरीको क्वारेन्टाइनमा
त्यसैगरी प्रदेश २ कै सप्तरी, सिराहा र प्रदेश १ स्थित सुनसरी जिल्लाबाट भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मुस्लिम धार्मिक सभा (जमात) मा सहभागी हुन हिँडेका तर त्यहाँसम्म नपुगी फर्किएका आठ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा ५ जना सुनसरीका, २ जना सप्तरीका र १ जना सिराहाका छन् । दिल्ली जमातमा जान भन्दै पटनासम्म पुगेर फर्केका उनीहरुलाई सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्रा माविको क्वारेन्टाइनमा राखिएको छ ।

पटना पुगेपछि भारतमा रेल नचल्दा आफूहरु दिल्ली जान नसकेको क्वारेन्टाइनमा रहेकाहरुले बताएका छन् । उनीहरु नेपाल फर्किँदा यहाँ पनि लकडाउन लागू भइसकेको थियो । सप्तरीको बेल्ही नाकाबाट नेपाल फर्किने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनसम्म पुर्‍याएको हो ।

बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐयुब राइनले उनीहरुलाई गत चैत १६ गते क्वारेन्टाइन ल्याइएको जानकारी दिए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै राइनले तत्काल कोरोनासम्बन्धी लक्षण नदेखिएको बताए ।

थप तीन जना सप्तरीमै फेला
यसैगरी थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ ।पछिल्लो पटक फेला परेका तीनै जना सप्तरी सदरमुकाम राजविराजकै निवासी हुन् ।

दिल्ली धार्मिक सभामा सहभागी भई आफ्नो घरमा आएर लुकी बसेका थप तीन जनालाई फेला पारिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए ।

उनीहरु दिल्लीको धार्मिक सभामा सहभागी भएको विश्वस्त श्रोतले जानकारी दिएपछि क्वारेन्टाइनमा पठाइएको उनले बताए ।

सुनसरी भोक्राहा नरसिह गाँउपालिकामा फेला

यसैगरी दिल्लीको निजामुद्दिनमा भएको “तबलिगी ए जमात“ कार्यक्रममा सहभागी भई फर्केका मध्ये ६ जना सुनसरी भोक्राहा नरसिह गाँउपालिकामा फेला परेका छन् ।

नेपाल मुस्लीम संघ प्रदेश एकका संयोजक हाजी इसराइल मन्सुरीका अनुसार भोक्राहा नरसिह गाँउपालिका घर भएका ६ जना सम्पर्कमा आएको जानकारी दिएका छन् ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । संयोजक मन्सुरीका अनुसार सप्तरीको बोदे बर्साइनमा रहेका क्वारेन्टाइनमा भोक्राहा नरसिह ८ का सुलेमान मियाँ, सलमान मियाँ, भोक्रहा नरसिह ५ का असलम मियाँ, मोहमद समिम मियाँ, र मोहमद हाफिज मियाँ भोक्रहा नरसिह ६ का इद्रीस मियाँ रहेका छन् ।

उनीहरुलाई सुरुमा ज्वरो आएकाले तत्कालै क्वारेन्टाइनमा राखिएकाले परिवार र स्थानियहरुको सम्पर्क हुन नपाएकाले सुनसरी भोक्राहा नरसिहका ६ जनाबाट अन्यलाई जोखिम नभएको हाजी इसराइल मन्सुरीले बताए ।

उनीहरुको नाम पहिचान र ठेगाना नखुलेकाले सुनसरीमा रहेका सवै मस्जीदहरु मार्फत खोजी कार्य सुरु गरिएकाले फेला परेपछि तुरुन्त क्वारेन्टानमा राख्ने समेत मन्सुरीले बताए ।

उक्त कार्यक्रममा सहभागी भएका मध्ये भारतमै ६ जनाको मृत्यु भैसकेको छ । भारत सरकारले भारतमा कोरोना भाइरस (कोभिड–१९) सक्रमण फैलिएको “तबलिगी( ए जमात“ धार्मिकसभा कार्यक्रममा सहभागी १९ जना नेपाली रहेको सुचना सार्वजनिक गरेको थियो ।

त्यस्तै सुनसरीको कप्तानगञ्ज सिमानाकाबाट सोमबार राती नेपाल प्रवेश गरि इनरुवा बजारहुदै इनरुवा ४ स्थित रेडक्रस आधारभुत विद्यालय छेउको सुनसरी खोलामा रहेको झोलुङ्गे पुलबाट भोक्राहा तर्फ लागेका २०/२५ जनाको खोजी कार्यलाई व्यापक बनाईएको मन्सुरीले बताए ।

New Delhi: People who showed coronavirus symptoms being taken to various hospitals from Nizamuddin area in New Delhi, Monday, March 30, 2020. The police took around 200 such people to the hospital as they participated in a religious congregation at a mosque, few days back. (PTI Photo/Ravi Choudhary) (PTI30-03-2020_000226A)

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्