Logo
१२ बैशाख २०८१, बुधबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतीनिधीले राहत बाड्न ढिलो गरेपछि प्रगति टोलका स्थानीयवासीले दिए राहत

सरकारले लकडाउन बढाएकाे अवस्थामा आफ्नो वडाका बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाइ आपत परेको बेला जनप्रतीनिधीले राहत बाड्न ढिलो गरेपछि आ-आफ्नाे टाेलकाे जिम्मेवारी भएकोले राहत उपलब्ध गराएको दुहबी ४ का स्थानीय राकेश डांगीलेले
बताए ।

आज दुहबी ४ स्थित प्रगती टाेल भित्रका घर धुरीहरुबाट स्थानीय युबाहरुले आर्थिक सहयाेग संकलन गरी ५२ अति आवश्यक र विपन्न परिवारलाई राहत वितरण गरिएको उनले बताए। उनिहरुलाई चामल,दाल,तेल लगायत खाधान्न वितरण गरिएको थियो । दुहबीका अन्य वडाहरुले समेत सरकारको मुख न ताकी स्थानीय स्तरबाटै सहयोग गरे बिपन्न परिवारले राहत महसुस गर्ने स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्