Logo
१५ चैत्र २०८०, बिहीबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्सको वाइडबडी जहाज २६४ यात्रु बोकेर आज साँझ अस्ट्रेलिया उड्दै

अहिलेको बर्तमान समयमा कोरोना भाइरस माहामारी फैलिरहेको अवस्थामा अहिले नेपालमा पनि जोखिम बढेसँगै विकसित देशहरुले आफ्ना नागरिक फिर्तालान थालेका छन् ।

सो आज बुधबार साँझ ५.३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज पहिलोपटक अस्ट्रेलिया उड्न लागेको छ । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो ।
इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्