Logo
४ बैशाख २०८१, मंगलबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी वडा नम्बर ३ का ४ सयलाई राहत बितरण

प्रदेश एक स्थित सुनसरीको दुहबी नगरपालिका वडा नं. ३ ले यहाँका गरिब,दलित,बिपन्न तथा मुसहर बस्तीका ४ सय घर परिवारलाई राहत बितरण गरेको
छ । मुसहर बस्ती लगायतमा प्रत्येक घर परिवारलाई १० किलो चामल, नुन, तेल, साबुन, दाल आदि अत्यावश्यक सामाग्री बितरण गरिएको वडाअध्यक्ष माधव भण्डारीले जनाए।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले पछिल्लो ८ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्येनजर गर्दै राहत वितरण गरिएको भन्दै अपुग भएमा अरु १ सय घर परिवार लाई राहत वितरण गर्ने वडाअध्यक्ष भण्डारीले जनाए।
राहत सामाग्री लिएर दुहबी ३ का वडा सदस्यहरु मैना राई,सिसुवा सरदार,मिनबाहादुर मगर,जिबन लुइँटेल,प्रहरी,स्थानीय युवाहरु लगायत पुगेका थिए।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्