Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीको बुटवलले साढे ६ हजार र देवदह नगरपालिकाले ३ हजार विपन्न परिवारलाई राहत दिने

प्रदेश नं ५ स्थित रुपन्देहीको बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाले लकडाउनको कारण गुजारा गर्न कठिनाइ भएका मजदुर र विपन्न परिवारलाई राहत वितरण गर्ने भएका छन् ।

सम्बन्धित कार्यपालिकाको बैठकले राहत वितरणसम्बन्धी कार्यविधि पारित गर्दै राहत वितरणमा जुट्ने निर्णय गरेको हो । बुटवलले प्रति ५ जना बराबर एक परिवार मान्दै ६ हजार ५ सयभन्दा बढी घरधुरीलाई प्रदान गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले जानकारी दिए ।

बुटवलले प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन सहयोग गर्नेछ । यस्तै देवदह नगरपालिकाले करिब ३ हजार परिवारलाई १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, एउटा साबुन र सोयाबिन मस्यौरा दिने तयारी गरेको नगरप्रमुख हिरा खत्रीले बताए ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्