Logo
१३ बैशाख २०८१, बिहीबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ सय बढी भारतीयलाई वीरगञ्जको ठाकुरराम क्याम्पसमा राखियो

तस्बिर: आशु सराफको ट्विटरबाट।

काठमाडौं लगायत भारत जान भनेर विभिन्न ठाउँबाट आएका ४ सय बढी भारतीय नागरिकलाई प्रदेश २ स्थित जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।

यसअघि नेपाल र भारतले आफ्नो सीमामा रहेका एकअर्काका नागरिकलाई सम्बन्धित देशमा नै व्यवस्थापन गर्ने निर्णय गरेका थिए।

सोहीबमोजिम यसअघि दार्चुलापारिको धार्चुलामा ७ सय बढी नेपालीलाई त्यहाँको स्थानीय प्रशासनले शिविरमा राखेको छ।

उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको छ। ‘मंगलबार रातिदेखि बुधबार बिहानसम्म रक्सौल पुगेका उनीहरूलाई अहिले क्याम्पसभित्र होल्डिङमा राखिएको छ,’ पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले भनिन्,‘उनीहरूलाई खाने-बस्ने व्यवस्था गर्न कुराकानी हुँदैछ।’

एसपी पन्तका अनुसार काठमाडौं, पोखरालगायतका ठाउँबाट ती भारतीय आफ्नो देश जान भनेर रक्सौल सिमासम्म पुगेका थिए । उनीहरूलाई बुधबार बिहान नेपाल प्रहरीले खाना खुवाएको पन्तले जानकारी दिइन्।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्