Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगलको लिस्बनमा एउटै फ्ल्याटमा बस्दै आएका ८ नेपाली कोरोना संक्रमित

अहिलेको बर्तमान समयमा कोरोना भाइरस माहामारी फैलिएर विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा पोर्चुगलको राजधानी लिस्बनमा एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका ८ नेपालीमा कोरोनाको संक्रमण भएको छ ।

उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये १ जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।

उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमितमध्ये १ बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये २ जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ ।

उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा ८ जनामा नै कोरोना पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए ।

सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य ५ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा कोरोना संक्रमण देखिने नेपालीको संख्या ९ पुगेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण नेपालीमा पनि देखिन थालेकाले सजग भएर बस्न एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले आग्रह गरे । उनले सकभर घरभित्रै बस्न सबै नेपालीमा आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्