Logo
१३ बैशाख २०८१, बिहीबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढीको दलित बस्तीमा दिनेश चौधरी स्मृति प्रतिस्ठानको राहत

सुनसरीको गढी २ स्थित दलित बस्तिमा दिनेश चौधरी स्मृति प्रतिस्ठानका संरक्षक एबं पुर्ब राज्यमन्त्री भगवती चौधरीले बिपन्न ५० घर परिवारलाई राहत वितरण गर्नु भएको छ । कोरोना भाइरसको कारणले देशैभर भएको लकडाउनमा दैनिक ज्यालादारी गर्नेहरु प्रत्यक्ष प्रभावित भएको भन्दै चौधरीले ५० घर परिवारलाई चामल,खाधान्न,मास्क र साबुन वितरण गर्नु भएको हो।

गढी गाउँपालिकाबाट कुनै राहत न पाएकोले छाक टार्नै मुस्किल भएको भन्दै गढी २ दलित बस्तीका स्थानीयहरु आएर दुखेसो पोखेपछि दिनेश चौधरी स्मृति प्रतिस्ठानले आज राहत वितरण गरेको थियो ।

कोरोना भाइरसको संक्रमण फैल्न न दिन सरकारले गरेको लकडाउनको बेलापनि स्थानीयहरु बाहिर निक्लिने गरेको र तास खेल्दै गरेको दृश्य हेर्दा गाउँ घरमा स्थानीय सरकारले जनचेतना फैल्याउनु पर्नेमा जोड दिनु हुँदै भगवती चौधरीले बास्तबिक पीडित लाई छिटोभन्दा छिटो राहत सामाग्री पुर्याउनु पर्ने बताउनुभयो ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्