Logo
१२ बैशाख २०८१, बुधबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ संक्रमण छैन, कूल १ हजार ६० जनाको कोरोना परीक्षण, कूल ८७ जना आइसोलेसनमा : सरकार

नेपालमा अहिलेसम्म कूल १ हजार ६० जनाको कोरोना भाइरस परीक्षण सम्पन्न भएको छ । तिमध्ये ५ जनामा कोरोना संक्रमण भएको थियो ।

जसमध्ये एक जना निको भइसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । सरकारले हरेक प्रदेशमा १३ सयदेखि २५ सयको संख्यामा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिइ मौज्दात रहेको जानकारी दिएको छ ।

ति चार जनासँग भेटिएका वा नजिक भएका व्यक्तिहरुको खोजी कार्य जारी राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबारे पछिल्लो जानकारी दिन गरिने नियमित सन्देशमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई जनाको कन्ट्याक ट्रेसिङ सम्पन्न भएको र पछिल्लो दुई जनाको भने ८० प्रतिशत ट्रेसिङ सकिएको जानकारी दिए ।

अहिलेसम्म टेकुमा १० जना र प्रदेशमा गरी कूल ८७ जना सम्भावित विरामीलाई आइसोलेसनमा राखिएको देवकोटाले जानकारी दिए ।कोरोनाको लक्षण देखिएका वा संक्रमण भएकालाई उपचार गर्दा चिकित्सकले प्रयोग गर्ने सबै सामग्री पर्याप्त रहेको पनि प्रवक्ता देवकोटाले बताए ।

कोरोनाको सम्मावित जोखिम कम गर्न सर्वसाधारणका लागि खुला गरिएको कल सेन्टरको उपयोग प्रभावकारी भएको पनि उहाँले दावी गर्नुभयो ।

पछिल्लो २४ घण्टामा कल सेन्टरमा आएका १८ सय ६ वटा गुनासो सुनुवाई भएको उनले दावी गरे । यद्यपी हजारौँ कल आउने भएकाले सबैको गुनासो सुन्न नसकिएको उनले बताए ।

कोरोना परीक्षणका लागि पोखरामा पनि प्रयोगशाला स्थापना भएको छ । त्यसैगरी जनकुपर, धनगढी, बुटवल र सुर्खेतमा मेसिन जाने क्रममा रहेको छ भने धरानमा यसअघि नै परीक्षण सुरु भइसकेको देवकोटाले जानकारी दिए ।

देवकोटाले जोरो आउनासाथ कोरोना भयो भनेर नडराउन आग्रह गरे । त्यसैगरी निजी अस्पताललाई कुनै पनि विरामीको उपचार व्यवस्था राम्रोसँग गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्