Logo
१२ बैशाख २०८१, बुधबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनका बेला पनि चल्छ दुहबी र गढिका इंटा उधोग , अझै रोकिएन भारतीय मजदुर बजार तथा गाउँ घुम्न

सुनसरीको दुहबी १० स्थितमा संचालन रहेको तावाचे इंटा उद्योग र एबिआई इंटा उद्योग तथा दुहबी ९ स्थित सन्चालनमा रहेका जय बाबा इँटा उद्योग र गढि १ को अनन्त इंटा उद्योगमा कार्यरत १ हजार बढी भारतीय मजदुरहरुले देश लकडाउन भएको अवस्थामा खुल्लम खुल्ला काम गरेको पाइएको छ । दुहबीमा रहेको एबिआइ इंंटा उद्योग, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेको हो ।

सरकारले लकडाउन गरेर भिडभाड न गर्न तथा अति आवश्यक काम वाहेक घर बाहिर न निस्कन आदेश दिएपनि सो उद्योगहरु संचालनमा रहेको र भारतीय मजदुरहरु खुल्ल्म खुल्लारूपमा दुहबी र गढी क्षेत्रमा हिडेको पाइएपछि स्थानियहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै आक्रोशित भएका
छन् ।

सयौंको संख्यामा सो उद्योगहरुमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा अझैसम्म गाउँ घुम्ने गरेको स्थानीय ताबिज मिया र सौकत अलीले बताए । तेसै गरि दुहबी १० सिमरिया स्थित घर भएका नबिन चौधरीका अनुसार तावाचे इंंटा उद्योग र एबिआइ इंटा उद्योगका भारतिय मजदुरहरु घर-घरमा सब्जी तरकारी,हांस, परेवा,कुखुरा खोजी गर्न आउने गरेको र हुल बाधेर हिड्ने गरेको दाबी गरे । सो बिसयमा दुहबी १० का वडाअध्यक्षलाई जानकारी गराउदा समेत वास्ता न गरेको उनले बताए ।

घना बस्तीको बीचमा तावाचे इंटा उद्योग संचालन गरेकोले अत्यधिक वायु प्रदुषण समेत हुने गरेकोमा कसैले ध्यान न दिएको स्थानीयहरु बताउँछन् । सो उद्योगका मजदुरहरु अटेर गरि गाउँ तथा बजारतर्फ हिंडेको देखेपछि स्थानियहरु त्रासमा रहेको भन्दै उद्योग बन्द गराउन गएपनिपनि संचालकहरुले अटेर गरेको उनिहरु बताउँछन । ती उद्योगमा खुल्लम खुल्लारुपमा काम गरेको पाइएको थियो । जय बाबा ईटा उद्योगमा बाल मजदुर समेत प्रयोग गरेको देखिएको थियो । नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको अबस्थामा सरकारले १ हप्ता लक डाउन समय बढाएको हो ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्