Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना ‘फैलाउने’ मुस्लिम धार्मिक सभामा नेपालबाट १९ नेपाली सहभागी भएको खुलासा

छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ ।

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

मुस्लिम धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको खुलेको हो ।

भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा २८१ जना विदेशी थिए, जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुक छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो ।

यसअघि मलेसिया र दक्षिण कोरियामा पनि धार्मिक स्थलमा गरिएको भेलाबाट कोरोना भाइरस मुलुकभर फैलिएको थियो ।

अहिलेसम्म भारतमा पनि कोभिड-१९ संक्रमितको संख्या १ हजार २०० नाघेको छ भने मृतकको संख्या ३२ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुकाअनुसार धार्मिक संस्था तबलीगी जमान १९२० देखि चल्दै आएको छ ।

मौलाना आजाद नेशनल उर्दू युनिभर्सिटीका भाइस चान्सलर जफर सरेशवाल, जो तबलीगी जमानसँग जोडिएका छन्, उनकाअनुसार यो मुसलमानहरुको विश्वकै ठूलो संस्था हो । र, यसको सेन्टर १४० देशमा छ ।

मार्चको सुरुवातमानयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्गा तबलीगाी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए ।

तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।

यस्तै तलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ ।

उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।

New Delhi: People who showed coronavirus symptoms being taken to various hospitals from Nizamuddin area in New Delhi, Monday, March 30, 2020. The police took around 200 such people to the hospital as they participated in a religious congregation at a mosque, few days back. (PTI Photo/Ravi Choudhary) (PTI30-03-2020_000226A)

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्