Logo
१५ चैत्र २०८०, बिहीबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगरपालिकाले राहतको पुर्ब तयारी न गरेको भन्दै स्थानीय आक्रोशित

सुनसरीको दुहबी ३ का स्थानीयहरु खान न पाएको भन्दै लक डाउन तोडि वडाअध्यक्षको घर अगाडी सयौंको संख्यामा धर्ना दिएका छन । लक डाउनको १ हप्ता बिति सक्दापनि दुहबी नगर पालिकाले राहतको पुर्ब तयारी न गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन ।

वडाअध्यक्ष भण्डारी भन्छन २५० जनाको लगत संकलन भै सकेको छ अरु १ सय जनाको लगत संकलन गरेर नगरलाई बुझाएपछी भोलि देखि राहत बाड्ने तयारी भएको
छ । वडाअध्यक्ष भण्डारीले राहतको तयारी गरि रहेको भनेर स्थानीयहरुलाई सम्झाएका थिए। स्थानीय कल्पना भण्डारीले आफू रमपम उद्योगमा दैनिक ज्यालादारीमा काम गरेकोले उद्योग जादा गार्डले प्रसासन छैन भन्दै फर्काउछ अरु १ हप्ता बन्द छ हामी काहा जाने भन्दै दुखेसो पोखिन। सयौंको संख्यामा राहत माग्न आएका स्थानीय वासीहरु राहत न पाए दुहबी नगरपालिकाको कार्यालय घेराउ गर्ने बताउँछन् ।

केन्द्र सरकारले संगठित मजदुरलाई उद्योगबाट राहत उपलब्ध गराउनु पर्ने भने पनि समनब्य गर्न न सक्दा
संगठित मजदुरहरु समेत मार्कामा परेका हुन । दुहबी नगर पालिकाले उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेसग
छलफल गरि ट्रेड युनियनगरुसग समनब्य गरेर दुहबी नगरपालिकाका मजदुरलाई राहत दिनुपर्नेमा जोड दिएको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जनाए ।

यस अघि दुहबी वडा नम्बर ८ मा स्थानीयवासीहरुले धर्ना दिएपछि राहत बाड्न सुरु गरिएको छ । सरकारले ८ दिन लकडाउ थपेपछि आफुहरु के खाने भन्दै लकडाउन तोडेर धर्नामा बसेका थिए। उनिहरुका अनुसार लामो समय सम्म सरकारले लकडाउन बढाउदा सम्स्या भएको भन्दै अन्य नगर पालिका र गाउँपालिकाले भन्दा दुहबी नगर पालिकाले राहत बाड्न ढिलो गरेको गुनासो पोखेका छन् ।

दुहबी नगरपालिकाले राहतको विषयमा पटक-पटक बैठक बसि सोमबार १२ वटै वडाका वडाअध्यक्षलाई आफ्नो वडाको लगत संंकलन गर्न भनेको बुझीएपनी के कस्तो घर परिवारले राहत पाउने न पाउने सार्वाजनिक नहुदा स्थानियहरु अन्योलमा परेका छन। दुहबी नगरपालिकामा सो भन्दा अगाडि बाढि पिडितको नाममा राहत बाड्दा अनियमितता भएको थियो । दुहबी नगर पालिकाका वडाअध्यक्षले आफ्ना कार्यकर्ता र श्रीमती समेतलाई राहत बाडेपछि बिरोध भएको थियो ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्