Logo
८ बैशाख २०८१, शनिबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठाबाट कोरोनाको परीक्षण हुने

गण्डकी प्रदेशको राजधानी पोखराबाटै अब कोरोना भाइरसको परीक्षण पोखरामा पनि हुने भएको छ। नेपाली सेनाको हेलिकप्टरबाट कोरोनाको शंकास्पद बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेसिन पोखरा पुगेको हो।

गण्डकी प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

मेसिनसँगै आवश्यक किट, केमिकल र विज्ञको टोली पनि पोखरा पुगेको छ। अब छिट्टै परीक्षण सुरु हुने जनाएको छ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्