Logo
१३ बैशाख २०८१, बिहीबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व बैंकको निष्कर्ष : पूर्वी एसियामा कोरोनाका कारण गरिबी बढ्ने

बर्तमान समयमा विश्वभरिनै कोरोना भाइरस माहामारी फैलिरहेको अवस्थामा विश्व बैंकले कोरोना भाइरसका कारण पूर्वी एसियाका १.१ करोड मानिस गरिबीको जालमा फस्न सक्ने चेतावनी दिएको छ।

कोरोना भाइरस अहिले संसारभरी फैलिएको कारण धेरै जसो मुलुकमा लकडाउन गर्नु परेको छ । सो कोरोनाको कारण विश्वकै अर्थव्यवस्था समस्याग्रत भइरहेको भन्दै विश्व बैंकले गहिरो चोट व्यहोर्नु पर्ने प्रक्षेपण गरेको हो।

केही महिना अघि नै विश्व बैकले चीनको अर्थ व्यवस्थाको वृद्धिदर ५.९ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको थियो । तर अहिले
विश्व बैंकले कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थामा पनि असर पर्ने जनाएको छ।

‘एशियामा गरिबी झन बढ्न सक्ने छ’, बैंकका प्रमुख अर्थशास्त्री आदित्या मट्टुले भने, ‘चीनको अर्थव्यवस्थाको वृद्धि २.३ प्रतिशतमा आउने छ।’ कोरोना भाइरसका कारण अवस्था झन् खराब भएको दाबी अहिले गरेको छ।

विश्व बैकले चीनसँगै भारत, पाकिस्तान , नेपालजस्ता देशमा पनि ठूलो असर पर्ने बताएको छ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्