Logo
६ बैशाख २०८१, बिहीबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लमजुङ चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप, चिनियाँले हतियार तानेपछी प्रहरी परिचालन

लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नं ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको अवस्था आएको हो।

न्यादी हाईड्रोपावरमा कार्यरत हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चाईनीजहरु कुटपीटमा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले बताइन।

स्थानीय पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्र्याएपछि स्थानीयहरु रुष्ट भएका थिए ।

आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने सामाग्री ल्याएपछि कोरोनाको डर बढकोले बिरोध जनाएको बताएका छन् । लकडाउनका समयमा आयोजनाको काम रोक्न भन्दा चीनियाँहरुले जवर्जस्ती गरेपछि झडप भएको बताइएको छ।

चीनियाँहरु आफै कोरोनाको त्रासबाट निस्कि नसक्दै नेपालमा लकडाउनकै समयमा गतिविधी बढाउन थालेपछि स्थानिहरु उनीहरुप्रति शसंकित हुँदै अवरोध पुर्‍याउन आएका थिए।

तर स्थानियहरुलाई प्रतिकार गर्न फिल्मी शैलीमा हतियार सहित आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्