Logo
७ बैशाख २०८१, शुक्रबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति क्षेत्रमा अलपत्र परेकालाई भोजन खुवाउँदै हिन्दू स्वयंसेवक संघ

संघीय राजधानी काठमाडौं स्थित गुहेश्वरी र पशुपतिनाथ मन्दिर परिसरमा अलपत्र परेकालाई हिन्दू स्वयंसेवक संघ नेपालले भोजनको व्यवस्था गर्न थालेको छ।

संघले बिहान र बेलुकीको समयमा ५ दिन देखि लगातार त्यहाँ भोजन गराउँदै आइरहेको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारद्वारा लकडाउन घोषणा गरिएको छ।

लकडाउन गरिएको सात दिनसम्म पुग्दा दैनिक ज्याला मजदूरी गर्ने, आयस्रोत नभएका मानिसहरु निकै प्रभावित भएका छन्।

‘सेवा नै परम धर्म हो। हामी त घरमा बस्छौं। केहि न केही खाइरहेका हुन्छौं। तर हाम्रो परिवारका अरु सदस्यहरु अलपत्र परेका छन्। उनीहरुको लागि भोजनको व्यवस्था गरेका हौं।’ संघका स्वयंसेवक श्रवण कुमारले बताए।

उनका अनुसार नेपालको पूर्व र पश्चिम भेगका मानिसहरु यस क्षेत्रमा रहेका छन्। लकडाउनका कारण गाडी बन्द हुँदा उनीहरु अलपत्र परेका हुन्।

‘लकडाउन भएपछि हामी यहाँको अवस्था बुझ्न आयौं। धेरैजना रोइरहेका थिए। उहाँहरुले खान बस्न पाउनु भएको थिएन। पैसा हुँदा पनि होटल बन्द थिए।

त्यसैले हामी स्वयंसेवक साथीहरुले सल्लाह गरेर उहाँहरुको लागि भोजनको व्यवस्थापन गर्दै आइरहेका छौं। कार्यकर्ताबाट पैसा उठाएर स्टोरबाट एकमुष्ठ सामना किनेर आफै पकाएर बाड्छौं।’

उनका अनुसार सुरुको दिनमा सय/डेढ सय जनालाई भोजन वितरण गरिएको थियो। हाल करिब ५ सय जनालाई उनीहरुले भोजन खुवाउँदै आइरहेका छन्।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्