Logo
७ बैशाख २०८१, शुक्रबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकी देश भुटानमा अहिलेसम्म मात्र ४ जनामा कोरोना, २१ दिन लकडाउन गर्ने घोषणा

छिमेकी देश भुटानले २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुनेछ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो।

भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ। उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ।

भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए।

ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए।
उनी भारतको आसाम घुमेर भुटान आएका थिए।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्