Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक लगानी कोषले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारलाई १ करोड २५ लाख रुपैयाँ दिने

अहिलेको बर्तमान स्थितिमा कोरोना भाइरसले माहामारी फैलिरहेको अवस्थामा पछिल्लो समयमा नेपालमा पनि कोरोना भाइरसको जोेखिम बढ्दो पाइन्छ । सो अवस्थालाई मध्यनजर गरि सरकारले कोरोना रोकथाम तथा नियन्णको लागि सरकारले बनाएको कोषमा नागरिक लगानी कोषले १ करोड २५ लाख रुपैयाँ दिने भएको छ ।

आज सोमबार बसेको सञ्चालक समितिको बैठकले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै संचालक समितिका अध्यक्ष एवं सदस्यहरुले बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले १ महिनाको तलब र कर्मचारीहरुबाट दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम समेत सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्