Logo
८ बैशाख २०८१, शनिबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत प्याकेजप्रति पर्यटन क्षेत्र असन्तुष्ट

पर्यटन तथा होटल व्यवसायीले सरकारले आइतबार ल्याएको राहत प्याकेज पर्यटन मजदुर तथा कर्मचारीमैत्री नभएको गुनासो गरेका छन्। उनीहरुले सरकारले भनेजस्तो कर्मचारीलाई रोजगारदाताले नै तलब दिनसक्ने अवस्था नरहेको बताएका हुन्।

होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले आफूहरुको मुख्य समस्या कर्मचारीलाई कसरी तलब खुवाउने भएको बताए।

‘सरकारले निर्देशन त दिएको छ कर्मचारीको तलब दिनको लागि तर एक महिनादेखि व्यवसाय नै जिरो छ’, शाहले भने, ‘हामीले कर्मचारीलाई तलब दिँदैनौं भन्न त मिलेन तर पैसा कहाँबाट ल्याउने सरकारको राहत प्याकेजमा त्यो आएन।’

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कर्मचारीलाई चैत महिनाको पूरा तलब रोजगारदाताले दिनुपर्ने निर्णय गरेको थियो। त्यसको लागि सरकारले चैत महिनाको तलबमा रोजगारदाता तथा रोजगारवालाले सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने रकम सरकारले नै बुझाउने बताएको छ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्