Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दार्चुला सदरमुकामपारि नारा- आफ्नो जनता फिर्ता ले !

दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्।

भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै आएर आफ्नो देशमै प्रवेश नपाएपछि उनीहरूले नाराबाजी गरेका हुन्।

‘आफ्नो जनता फिर्ता ले, नेपाल नाका खुला गर’ भन्दै उनीहरूले नाराबाजी गरिरहेको भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको छ।

सोही भिडिओलाई रिट्वीट गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई छिट्टै नेपाल आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो?,’ देउवाले लेखेका छन्,‘दार्चुला सदरमुकामपारि रहेका सयौं नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अनिवार्य क्वारेन्टिनमा बस्ने गरी सीमामा अलपत्र नेपालीलाई देशमा आउन दिने निर्णय गरेको थियो।

तर सोमबार ११ बजेसम्म उनीहरूलाई नेपाल फर्काउनेबारे प्रशासनले पक्रिया थाल्न सकेको छैन। किनकी मन्त्रिपरिषदको उक्त निर्णय अहिलेसम्म जिल्ला प्रशासन कार्यालय त परको कुरा सिंहदरबारभित्रैको गृह मन्त्रालयमा आइपुगेको छैन।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्