Logo
८ बैशाख २०८१, शनिबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआईसी एसिया बैंकद्वारा गरिब तथा असहाय परिवारलाई खाद्यान्न सामग्री वितरण

बर्तमान समयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि यतिबेला सरकारले ‘लकडाउन’ गरिरहेका अवस्थामा एनआईसी एसिया बैंकले दैनिक ज्याला मजदूरी गर्नेहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले काठमाण्डौमा ज्याला मजदूरी गर्ने गरिब तथा असहाय परिवारलाई नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही राहत मिल्ने विश्वास लिएको छ ।

कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाइ’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, बीमा तथा टेलिफोन शुल्कजस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

यसैगरी बैंकले लकडाउनमा सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सै घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्