Logo
१२ बैशाख २०८१, बुधबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाद्वारा आफ्ना नागरिक लैजान कतार एअरवेज जहाज चार्टर्ड, मङ्गलबार जहाज नेपाल आउँदै

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारले यति बेला देशभरी लकडाउन गरिरहेको छ । सो अवस्थामा अमेरिकाल आफ्ना नागरिक लैजान जहाज चार्टर्ड गरेको छ ।

आफ्ना नागरिक लैजान अर्को चार्टर्ड उडानको पनि तयारी रहेको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार चार्टर्ड गरेको कतार एअरवेजको जहाज ३१ मार्च अर्थात् मङ्गलबार नेपाल आउनेछ ।

नेपालबाट उडानको समय १२ बजेलाई तय गरिएको छ । कतार एअरवेजको जहाज काठमाण्डौबाट दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट पुग्नेछ ।

यस्तै नेपालका विभिन्न स्थानमा रहेका अमेरिकी नागरिकलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाण्डौ ल्याउने काम भइरहेको पनि दूतावासले जनाएको छ ।

यसअघि युरोपेली देशले पनि कतार एअरवेजमार्फत आफ्ना नागरिक स्वदेश लगिसकेका छन्

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्