Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले स्थानीय तह मार्फत रोजगारी दिने

Cabinet Meeting_2076-12-16

सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जान नपाएका नागरिकलाई रोजगारी दिने भएको छ । वैदेशिक रोजगारीमा जान नपाएका तथा फर्किएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गरिने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावितका लागि राहत स्वरुप यस्तो निर्णय गरेको हो ।

उनीहरुलाई संवन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्