Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई सहयोगको अपेक्षा सहित चिनियाँ राष्ट्रपति सी चिनफिङ समक्ष प्रचण्डको पत्र

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

प्रचण्डले जतिसक्दो चाँडो नेपालका लागि आवश्यक मेडिकल सामग्रीलगायत चीनबाट प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् । उनले पत्रमा नेपाल अहिले कोरोना संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको अपेक्षासमेत गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् ।

 

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्