Logo
१३ बैशाख २०८१, बिहीबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन असर : हेटौँडाका उद्योग बन्द हुदा करिब ५ हजार मजदूर बेरोजगार

बाग्मती प्रदेश स्थित हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग कोरोना भाइरसबाट सुरक्षित रहन बन्द भएका छन् । त्यहाँ कार्यरत करिब ५ हजार मजदूर रोजगारविहीन भएका छन् ।

सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ ।

कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार सो औद्योगिक क्षेत्रमा १११ उद्योगमध्ये लकडाउनका कारण आधा दर्जन उद्योग सञ्चालनमा रहेको बताइएको छ ।

कच्चापदार्थ तथा मजदूरको समस्या भए पनि अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा रहेका छन् ।

प्राप्त विवरणअनुसार सञ्चालनमा रहेका उद्योगमा दुग्ध पदार्थ, खानेपानी, बिस्कुट तथा प्लाष्ट्रिक उद्योग सञ्चालनमा छन् ।

लकडाउनले ती उद्योगमा कार्यरत मजदूर काम गर्न नमान्दा बिहान र साँझ मात्र सञ्चालनमा रहेको प्रमुख कँडेलले भने ।

उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारी शरीरको तापक्रम जाँच गरेपछि मात्र प्रवेश दिने गरिएको बताइएको छ । कतिपय मजदूर आ–आफ्नो गृह जिल्ला गएका छन् भने कतिले घर जान नसकेर आफ्नो डेरामा बसेका छन् ।

यसैबीच बैंकको ऋणबाट सञ्चालनमा परेका उद्योग ठूलो समस्यामा परेको उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखनाथ पोखरेलले गुनासो गरे ।

त्यस्तै सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पनि बन्द रहेको छ । सरकारको लकडाउनपश्चात् उक्त उद्योगका उत्पादनहरु तथा बिक्रीलगायतका सम्पूर्ण काम बन्द भएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्